राजपाले ३ असोजलाई कालो दिन नभन्ने

पत्रपत्रिकाबाट

मंगलबार, २६ भदौ २०७५, ०७ : ०९
राजपाले ३ असोजलाई कालो दिन नभन्ने

काठमाडौं  । राष्ट्रिय जनता पार्टीले संविधान जारी भएको दिन ३ असोजमा विरोध प्रदर्शनको तयारी गरेको छ । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले विरोधका कार्यक्रम ल्याउन लागेको हो । तर, उसले ३ असोजलाई कालो दिन घोषणा नगर्ने भएको छ ।

राजपा स्रोतका अनुसार संविधान दिवसमा समर्थन गरेर दिवसका कार्यक्रममा सहभागी हुन नहुने र विरोध भनेर कालो दिन घोषणा गरेर ब्ल्याक आउट पनि नगरिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस