काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो ।
लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो ।
एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ माघ २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?