माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १३ : ३२
माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन् । बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका छन् ।

बैठकमा पुनले अभियानका क्रममा काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम  र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएका एक नेताले बताएका छन् । उनले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

चार महिना अभियानको क्रममा उनले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गरेका थिए । सातै प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिए । 

सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको तयारी छ । 

प्रतिक्रिया दिनुहोस