काठमाडौ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरूले पूरक जाहेरी दिएपछि थप व्यक्तिविरुद्ध अनुसन्धान सुरु भएको हो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीमा पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए । “पूरक जाहेरी छुट्टै दर्ता गर्नु पर्दैन । पुरानै मिसिलमा थप्ने हो । दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिमाथि अनुसन्धान थालेका छौँ,” उनले भने ।
सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, दिपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बाँस्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलगायतविरुद्ध जाहेरी दिएका हुन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ माघ २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट