नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

पत्रपत्रिकाबाट

सोमबार, २५ भदौ २०७५, ०६ : ३४
नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन् ।

नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत सरकार आफैले श्रम स्वीकृति दिएर विदेशीहरूलाई भिœयाएको छ । यसले गर्दा नेपालमा उत्पादन भएको दक्ष जनशक्ति पलायन हुने क्रम बढ्दो छ भने तलबलगायतका शीर्षकमा अर्बौ रूपैयाँ धनराशी विदेशिएको छ ।

श्रम विज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विदेशी लगानीका कम्पनी÷उद्योगमा विज्ञमा विदेशीलाई श्रम स्वीकृति दिन सकिने बताए । ‘नेपालीले सिक्नु पर्ने र प्राविधिक दक्षता नभएका काममा विज्ञका रूपमा विदेशीलाई श्रम स्वीकृति दिन हुन्छ’, भट्टराईले अन्नपूर्णसँग भने, ‘नेपालीसँगै प्राविधिक दक्षता भएको विषयमा विदेशीलाई श्रम स्वीकृति दिन जरुरी छैन । नेपाली अहिले हरेक विधामा दक्ष भइसकेका छन् ।’

विद्यालय तहका शिक्षकदेखि प्रोजेक्ट म्यानेजरसम्म विदेशीले श्रम स्वीकृति लिएका छन । शिक्षकमा हरेक विषयका दक्ष जनशक्ति नेपालमै प्रशस्तै पाइन्छन् ।

उपत्यकाका विभिन्न स्कुल र शैक्षिक संस्थामा विदेशी शिक्षकहरूले पढाइरहेका छन् । ती स्कुलले अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने भन्दै विदेशी शिक्षक भिœयाएका हुन् । श्रम विभागका अनुसार शिक्षक, पाइलट, इन्जिनियर, स्टेसन म्यानेजर, नर्स, प्रोजेक्ट म्यानेजर, कन्ट्री डाइरेक्टरलगायतमा विदेशी नागरिकले काम गर्दै आएका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस