चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १२ : ३९
चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् ।

मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिले जनाएको छ । दुई हजार २२ परीक्षार्थीमध्ये एक हजार १४६ जना उत्तीर्ण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस