२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १२ : ३१
२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ चनौटे नयाँ बजार बस्ने ६१ वर्षीय सरन कुमार दंगाल सोही ठाउँस्थित सडकको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको देवघाट गाउँपालिका-५ बगन्दीस्थित त्रिशुली नदीको किनारमा पनि गोरखा नगरपालिका-३ नारेश्वर बस्ने २९ वर्षीया अन्जली तिवारी अर्याल मृत अवस्थामा फेला परेकी छिन् ।

यसैबीच राजधानीको चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको रिजर्व पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ । खेल्ने क्रममा डुबेर घाइते भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस