भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न ६ अर्ब लाग्ने

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०८०, ०८ : २२
भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न ६ अर्ब लाग्ने

काठमाडौ । पुरातत्व विभागले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १ सय ४६ सम्पदा र गुम्बा पुनर्निर्माण गर्न करिब ६ अर्ब रुपियाँ लाग्ने अनुमान गरेको छ।

भूकम्प गएको आठ वर्षमा ७ सय ७४ सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको विभागले थप सम्पदा पुनर्निर्माण गर्न उक्त रकम लाग्ने अनुमान गरेको हो।

विभागले चालु आर्थिक वर्षको यो महिनासम्म थप १४ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरी ७ सय ७४ पुर्‍याएको छ। विभागले पुनर्निर्माणको काम निरन्तर भइरहेको जनाएको छ। भूकम्पले क्षतिग्रस्त र ध्वस्त सम्पदामध्ये ७ सय ४८ सरकारले र बाँकी विभिन्न निकायले पुनर्निर्माण जारी राखेका छन्।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदाहरू पुनर्निर्माण गर्न करिब ६ अर्ब लाग्ने जानकारी दिए । उनका अनुसार रकम अभावको कारण सम्पदा पुनर्निर्माण गर्न कठिन भएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस