काठमाडौं । बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
बुद्धले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो । १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ ।
सो योजना अन्तगर्त एकजना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ । यस्तै, भ्यालेनटाइन डे को दिन उडान भर्ने यात्रुहरुलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण