अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १३ : ५८
अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं । नेपाली‌ यू–१९ का ब्याटर अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आईसीसीको कारबाहीमा परेका हुन् ।

बंगलादेशविरुद्धको खेलको ६औं ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् । आर्इसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो ।

आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ । दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस