मन्त्रीलाई सांसद्का २६ प्रश्न

पत्रपत्रिकाबाट

आइतबार, २४ भदौ २०७५, ०८ : ५६
मन्त्रीलाई सांसद्का २६ प्रश्न

काठमाडौँ । सरकारका काम कारबाहीका सम्बन्धमा विभागीय मन्त्रीलाई संसद्मा प्रत्यक्ष प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको प्रावधान कार्यान्वयनमा आएसँगै प्रश्न दर्ता गर्ने क्रम बढेको छ । 

अघिल्लो साताबाट सुरु भएको प्रश्नोत्तरका लागि प्रतिनिधिसभा प्रश्न व्यवस्थापन शाखामा २४ वटा नयाँ प्रश्न दर्ता भएका छन् । पुरानासहित २६ प्रश्न शाखामा विचाराधीन छन् । निर्धारित बारअनुसार सांसद्ले आइतबार प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनेछन् । अन्य मन्त्रीका लागि पनि बार तोकिएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस