प्रहरीभित्रै राम्रो छैन व्यवहार - 'श्रीमतीको अगाडी त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो'

पत्रपत्रिकाबाट

आइतबार, २४ भदौ २०७५, ०८ : १४
प्रहरीभित्रै राम्रो छैन व्यवहार - 'श्रीमतीको अगाडी त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो'

तीन बर्षअघि प्रहरीले सगठनमा आन्तरिक सर्वेक्षण गरेको थियो ।

जसमा तल्लो तहका प्रहरीले आफुहरुलाई माथिल्ला तहका कर्मचारीले निकै रुखो व्यवहार गर्ने गुनासो पोखे ।

कम्तीमा श्रीमतीको अगाडी त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो, एक प्रहरी हवल्दारको गुनासो थियो, हाकिमबाट सधैँ नोकरको जस्तो व्यवहारले साह्रै चित्त दुख्छ ।

अन्य प्रहरीले पनि माथिल्लो तहका अधिकृतले व्यवहार राम्रो नभएको बताएका थिए ।

प्रहरीको योजना अन्वेषण निर्देशनालयले तयार पारेको रिपोर्टमा प्रहरीभित्रै व्यवहार सुधार गर्न आवश्यक देखिएको छ ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस