चितवन काँग्रेसमा विवाद , जिल्ला सभापतिको कार्यशैली तानाशाह भएको आरोप

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १६ : ४३
चितवन काँग्रेसमा विवाद , जिल्ला सभापतिको कार्यशैली तानाशाह भएको आरोप

चितवन। पार्टी सुदृढीकरणको अभियान सुरु हुँदा चितवन काँग्रेसमा विवाद देखिएको छ । पार्टीको गतिविधि एकलौटी ढंगबाट चलाएको भन्दै सुरु भएको विवाद बाहिर आएको छ । पार्टी संचालनमा सभापतिको राजेश्वर खनालको कार्यशैलीप्रति आपत्ति जनाउदै महाधिवेशन प्रतिनिधि मिलनबाबु श्रेष्ठले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै विरोध गरेका छन् ।

श्रेष्ठले सभापतिको कार्यशैलीको कडा आलोचना गर्दै पार्टी कमजोर बनाएको आरोप लगाएका छन् । श्रेष्ठ १४ औं महाधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार थिए । सभापतिका उम्मेदवार मध्ये पहिलो चरणमा उनले सबैभन्दा धेरै मत ल्याएका थिए । पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो चरणमा नगई कार्यकर्ताको आग्रहमा सहमति र एकताको लागी उनले खनाललाई समर्थन गरेका थिए ।

तर खनालले सहमति लत्याएर मनोमानी तवरबाट अघि बढेको भन्दै विरोध गरेका हुन् । त्यसबेला पूर्वमन्त्री उमेश श्रेष्ठ , तत्कालिन सभापति जितनारायण श्रेष्ठ र क्षेत्र नम्बर एकका सभापति किरणभूषण सिंह ओली सहित सहमति भएको थियो । खनालमाथी संघ र प्रदेशको निर्वाचनमा पार्टीकै उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । जिल्ला समितिमा मनोदयन र समिति बनाउँदा एकलौटी गरेको आरोप लगाएका छन् ।

स्ववियु निर्वाचनमा पार्टीको भूमिका निष्किृय बनाएको आरोप लगाएका छन् । त्यस्तै केन्द्रले आयोजना गरेको कार्यक्रममा आफुखुसी प्रतिनिधि पठाएको , स्थानिय निर्वाचनमा पदीय आडमा आफ्नालाई उम्मेदवार बनाएको , श्रेष्ठले सहमतिय राजनैतिक संस्कारलाई उल्लंघन गरेर एकलौटी ढंगबाट पार्टी चलाएर पार्टीको संगठन धरासायी बनाएको आरोप लगाउँदै  बताएका छन् । यसअघि पनि विज्ञप्ती मार्फत ध्यानाकषर्ण गराउँदा पनि वेवास्ता गरिएको भन्दै यसबाट पार्टीमा भएको क्षतिको मुख्य जिम्मेवार सभापति रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस