निषेधको राजनीतिले नेपाल कमजोर बन्यो : रवीन्द्र मिश्र

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १५ : १७
निषेधको राजनीतिले नेपाल कमजोर बन्यो : रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निषेधको राजनीतिले नेपाल कमजोर बनेको भन्दै राजासहितको नवीन समझदारीका लागि २०४७ सालको संविधानलाई आधार बनाउन सुझाव दिएका छन् । उनले त्यो बाटोमा नगई सुख नहुने दाबी समेत गरेका छन् ।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले २०४७ सालको संविधानमा टेकेर २०७२ को संविधानका समेत राम्रा पक्ष समेटिएको नवीन समझदारी देशले खोजेको बताए । उनले त्यसो नगरे नेपाल थप ओह्रालो लाग्ने दाबी गरे ।

उनले भने- आज देशका कुनै पनि संस्थाहरूले राष्ट्रियताको पक्षमा बोल्ने जनशक्ति निर्माण गरेनन् । सबैतिर झोलेहरूको बोलवाला भयो । निषेधको राजनीति असफल भइसकेको छ । अब २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जानुपर्छ । किनकि २०४७ को संविधान झोलेहरूले बनाएको होइन, त्यो उत्कृष्ट र संसारले मानेको संविधान थियो । हामी नवीन समझदारीमा गएनौँ भने गएको १५ वर्षमा जसरी राष्ट्रियता कमजोर भयो, हामीपछिको पुस्ता कोही पनि नेपालमा बस्न नचाहने भइसक्नेछ ।

वरिष्ठ उपाध्यक्ष मिश्रले अहिलेको पुस्तालाई राष्ट्रियताबारे लघुताभाषी बनाउन खोजिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस