सर्लाही । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ।
लालबन्दी- १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ।
‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिवोल केसीले भने, ‘शव अहिले हाम्रो कार्यालयमा ल्याइएको छ। अब पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउँछौँ।
अन्जली लालबन्दीस्थित जनज्योती माविकी विद्यार्थी हुन्। उनले कक्षा १२ मा पढ्दै आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीको शव गाडिएको अवस्थामा फेला
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिए
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी