काठमाडौं । आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख गरेको छ।
शुक्रबार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था छ। बाँकी भू–भागमा मुख्यतया सफा रहेकोछ ।
तराईका अधिकांश स्थान हुस्सुरकुहिरोले ढपक्कै ढाकेको महाशाखाले बताएको छ। राति देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदलिको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना