पाँच तले घरबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १४ : ४५
पाँच तले घरबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको मृत्यु

काठमाडौं। धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

 

छतबाट हाम फालेको अवस्थामा भेटिएका अग्रवाललाई तत्कालै नवजीवन अस्पतालमा लगिएको त्यही उनको मृत्युको घोषणा भएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदेव चन्दले जानकारी दिए ।

अग्रवाल बुधवार बिहान करिब साढे ११ बजेतिर हाम फालेको बताइएको छ ।घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।

 

प्रतिक्रिया दिनुहोस