कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १५ : १९
कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला

जनकपुर । सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले कृषि विश्वविद्यालयमा ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् ।

‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने हाम्रो माग हो’, जनमतका केन्द्रीय सचिव बीपी साहले भने । मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन भोलि शिलान्यास कार्यक्रम तय भएको छ । उक्त भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस