एन्फाका सीईओ नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ उपाध्यक्ष खड्काले दिए उजुरी

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १५ : २०
एन्फाका सीईओ नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ उपाध्यक्ष खड्काले दिए उजुरी

काठमाडौं। अखिल नेपाल फूटबल संघ (एन्फा)ले गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सोही संस्थाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् ।

एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्वमहासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सीईओमा नियुक्त गरेको थियो । त्यसको ठीक एक महिनापछि मंगलवार वरिष्ठ उपाध्यक्ष खड्काले एन्फा अपिल कमिटीमा उजुरी दर्ता गराएका हुन् ।

 

उजुरीमा वरिष्ठ उपाध्यक्ष खड्काले सीईओ नियुक्ति एन्फाको विधानविपरीत गैरकानूनी रुपमा भएको भन्दै बदर गर्न माग गरेका छन् ।

‘फागुन १७ गतेको कार्यसमितिको बैठकले सीईओ नियुक्ति सम्बन्धमा सूचना प्रकाशित गर्ने र पदपूर्ति समितिसमेत गठन गरेको अवस्थामा सचिवालयले उक्त निर्णयलाई कार्यान्वयन नगरी प्रक्रिया अगाडि नबढाएको र कर्मचारी सेवा सर्त नियमावली २०७७ को विपरित छ,’ उनले उजुरी दिएको पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस