अफ्रिका कप अफ नेसन्सः घरेलु टोली आइभोरी कोस्टको विजयी शुरूवात

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १२ : १०
अफ्रिका कप अफ नेसन्सः घरेलु टोली आइभोरी कोस्टको विजयी शुरूवात

काठमाडौं। गिनी बिसाऊलाई २–० ले पराजित गर्दै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्स फूटबल प्रतियोगितामा विजयी शुरूवात गरेको छ ।ओलम्पिक रंगशालामा शनिवार राति आइभोरी कोस्टलाई जीत दिलाउन सेको फोफाना र जिन–फिलिप क्रासोले एक–एक गोल गरे ।

 

फोफानाले खेलको चौथो मिनेटमा नै गोल गर्दैै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । । ५८ औं मिनेटमा क्रासोले गोल गर्दै टोलीलाई २–० को सहज जीत दिलाए ।

जीतसँगै  समूह ‘ए’ मा रहेको घरेलु टोली आइभोरी कोस्टले तीन अंक जोडेको छ । हारबाट प्रतियोगिताको शुरूवात गरेको गिनी बिसाऊ अंकविहीन छ ।

 

प्रतिक्रिया दिनुहोस