थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १५ : ५१
थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । कार सेतो पहरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घाइते एकजनालाई अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।