माघको तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १६ : १०
माघको तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण० ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।

उनले आगामी संसद अधिवेशनमा पेस गर्ने गरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन् । उनले नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताइन् । उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् ।

मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवर्द्धनमा बढी ध्यान दिन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस