विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, ११ : ४९
विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

काठमाडौं । राजधानीसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै  महाराजगंजस्थित सडक छेउमा अन्दाजी ४२ वर्षीय पुरूष पनि आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी मकवानपुर, बागमती गाउँपालिका-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ सोही ठाउँस्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त खोलामा माछा मार्न भनि गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।  

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवा बस्ने ५५ वर्षीया ईन्दिरा कुमारी कार्की पनि सोही ठाउँस्थित कदुवा भञ्ज्याङ जङगलको भिर तल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घाँस काट्न गएकी उनी लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । 

यस्तै चितवनको भरतपुर महानगरपालिका-२६ सिसवारस्थित नारायणी नदी किनारमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस