एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, ११ : ४०
एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।

एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस