रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, ११ : २०
रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै

चेन्नई । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेका छन् । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्वीर सामाजिक सञ्जाला भाइरल बनिरहेको छ । दुबैले एक अर्कासँग मगनी गरेको अफवाह पनि अहिले निकै चलिरहेको छ । यी दुबै गीता गोनिन्दम फिल्मको शूटिङको बेलामा एकअर्काको नजिक आएका थिए ।यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन ।

लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ । रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ । केही समयअघि दुबै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो । अहिले भने विजय र रश्मिकाले बिहे गर्न लागेको सुन्नमा आएको छ । दुबैले छिटै बिहे पनि गर्नेछन् । दुबैको परिवारले यो सम्बन्धलाई मञ्जुरी दिएका छन् । सञ्चार माध्महरुले सुत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोसो हप्तामा दुबैले मगनी गर्दैछन् ।

विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गिता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् । विजयको आगामी फिल्म फ्यामिली स्टारको रिलिज डेटमा ढिलाई भइरहेको छ । यो फिल्ममा विजयसँग मृणाल ठाकुर पनि छिन् । फिल्म १८ फेबु्रअरीमा रिलिज हुन सक्ने बताइएको छ । रश्मिका अहिले पुष्पा २ को सूटिङमा व्यस्त छिन् । यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस