यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १२ : ३२
यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ

 काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे ।

नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । यू-१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताए । बाहिर गएर खेल्न नपाए पनि एक साता क्याम्प हुन लागेकोले खुशी लागेको देवले बताए ।

प्रतिक्रिया दिनुहोस