भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, परिसरमा वृक्षारोपण

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, ०९ : ५०
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, परिसरमा वृक्षारोपण

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन्  । सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे । 

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए । 

जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।