काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका एक जना प्रहरी नायब निरीक्षक (सई) विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बिहीबार अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा सई पवन साउदविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत रहँदा साउदले लागु औषधको मुद्दामा सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए। उक्त घुससहित अख्तियारले मंसिर १२ गते उनलाई पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस