काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू दलहरूले ल्याइरहेको बताएका छन् । पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा समस्या आएको बताए ।
उनले भने, ‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको छलफलमा छौँ। हाम्रो पार्टीको विधान अनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ म नजिकबाट नियालिरहेको छु । राष्ट्रिय सभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरू त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ । अहिले त्यो बहसमा पनि नआउँने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफै हराउँदै छ। पार्टीको वैधानिक संरचनामै यो देखिन्छ ।’
उनले अहिले काँग्रेसले अहिले देश सङ्कटमा छ भन्न नमिल्ने टिप्पणी गरे । उनले भने, ‘सरकारको पक्षको हुँ । म सरकारको शुभेच्छुक हुँ । मैले मत हालेको हो । मैले विरोध गर्दै गर्दा त्यसले विशेष अर्थ राख्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा