सस्तिन थाल्यो प्याजको मूल्य

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, ०७ : ४५
सस्तिन थाल्यो प्याजको मूल्य

काठमाडौ । उपत्यका  बजारमा  चीनको  प्याज  भित्रिन  थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ ।

मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुुगेको हो ।

देशकै  ठुलो  तरकारी  बजारमा  कालीमाटी  फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार  प्याजको  मूल्य  ८५  रुपियाँ  थोकमा  कारोबार  भएको  छ  । 

मङ्सिरको  अन्तिम  साता  भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस