एजेन्सी । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार देशले आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यले अर्को वर्ष थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो ।
कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा देशका नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन् । उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए ।
उनले पनि सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देख्ने बताएका छन् ।उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको बताए । उनका अनुसार दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्छ ।
किम जोङ उनले यस्तो कुरा गरेको सायद यो पहिलो पटक हो । विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा आधिकारिक परिवर्तनका रूपमा लिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ पुस २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा