काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको बताका छन् । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सो घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध नरहेको बताएका हुन् ।
‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन, बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दु:ख व्यक्त गर्छु ।’ उनले भने ।
ज्वालाले बिना कारण सरोकार नै नभएको बिषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए । उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद भएको बताए ।
ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा
लाइसेन्स अब निरन्तर छपाई हुन्छ : यातायातमन्त्री ज्वाला
बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
यातायात क्षेत्र व्यवस्थित बनाउन प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दैछु : मन्त्री ज्वाला
नारायणगढ-बुटवल सडक खण्डमा कामले गति लिएको छ : प्रकाश ज्वाला
समाजवादी पार्टी विद्रोहबाट जन्मेको हो : प्रकाश ज्वाला