काठमाडौं । नेकपा एसका उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच सोमवार राति भएको सम्झौता संघीयताविपरीत र आपत्तिजनक रहेको बताएका छन् ।
प्रतिनिधि सभा पूर्वाधार विकास समितिको मंगलवारको बैठकमा बोल्दै ज्वालाले यातायात व्यवसायीहरूसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका हुन् । उनले यातायात व्यवसायीहरूसँग झुकेर सरकारले यसअघि हटिसकेको सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाए ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली स्थगन गर्ने सम्झौता आपत्तिजनक र असंवैधानिक रहेको भन्दै उनले प्रदेश सरकारलाई यातायात सञ्चालनको अधिकार संविधानले दिएको बताए ।
उनले यातायात क्षेत्रको सिण्डिकेट ब्युँताउने र राइड सेयरिङ रोक्ने कुरा गलत भएको र यात्रुले आफ्नो सुविधा अनुसार यातायात साधन प्रयोग गर्न पाउनुपर्ने बताए । ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्नुपर्छ: प्रकाश ज्वाला
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला