नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १४ : ४४
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी

काठमाडौं। मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय ललितपुरको सानेपामाजारी छ । सरकारमा बसेर प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै निरन्तर प्रश्न उठेपछि कांग्रेसले मन्त्रीहरूको कुरा पनि सुन्ने र उनीहरूलाई केन्द्रीय सदस्यले प्रश्न पनि सोध्ने तयारी स्वरुप बैठक बोलाएको हो ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्रीहरूको कार्यसम्पादनमा चित्त बुझाएका छैनन् । अब पनि कार्यशैली नबदले आफैं मन्त्रीबाट बिदा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्देशन दिइसकेका छन् ।कांग्रेसभित्र पनि मन्त्रीको कार्यसम्पादन नभएको भन्दै मन्त्री फेरेर भए पनि प्रभावकारी काम गर्नुपर्ने विषय उठिरहेको छ ।

साथै बैठकले समसामयिक राजनीति, महासमिति बैठकको तयारीका विषयमा पनि छलफल गर्नेछ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन ७ देखि १० गतेसम्मको लागि तय भएको महासमिति बैठकको लागि भइरहेको तयारीबारे बैठकलाई जानकारी गराउने छन् ।  १ बजेका लागि बोलाइएको बैठक २ बजेपछि शुरू भएको हाे ।   

 

 

प्रतिक्रिया दिनुहोस