काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।
अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह