राजस्व चुहावट प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा हाल्यो पुनरावेदन मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, १५ : २५
राजस्व चुहावट प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा हाल्यो पुनरावेदन मुद्दा

काठमाडौं। भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।

 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा घिमिरेसहितका व्यक्तिमाथि अख्तियारले मुद्दा दायर गरेको हो । यसैगरी, ९ सिमेन्ट तथा चुन ढुंगा कम्पनीका कम्पनीका ९ जना सञ्चालकलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

मुद्दा दायर गरिएकाहरूलाई राजश्व चुहावट गरे बराबरको फरक–फरक रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।तर विशेषले उक्त मुद्दामा दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको थियो ।विशेषको सो फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस