काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
शनिबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ५ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?