काठमाडौं। सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
सपथ लिने न्यायाधीशमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए । राष्ट्रपति पौडेलले बुधवार सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गरेका थिए ।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए ।गत मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्ंको सिफारिशमा ६ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि