काठमाडौँ । सांसद अजयकुमार चौरसियाले फास्ट ट्र्याकमा सेनालाई मात्र दोष दिने ठाउँ नभएको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद चौरसियाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘पहिला टेन्डर पाएको कम्पनीलाई हामीले काम गर्न दिएनौं। त्यसमा हामी, सरकार, मिडिया र अलिअली अदालत पनि दोषी छ। हाम्रो मुलुकमा अलि बढी प्रजातान्त्रिक अभ्यास हुन्छ, राजनीति बढि हुन्छ। यसले काम ढिलो हुन्छ।’उनले सेनाको सम्बन्धमा नागरिकता सच्याएको विषय भने गम्भीर भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : ५३
लेखकबाट थप