काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो । यसरी सम्मानित हुनेमा प्राध्यापक वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत, नायिका मनीषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ जनकवि, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी रहेका छन् ।
यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिरा चौधरी, पूर्व कप्तान फुटबलर बालगोपाल महर्जन, क्रिकेटका पूर्व कप्तान पारस खड्का, कराँते खेलाडी एरिका गुरुङ, बास्केट खेलाडी क्याप्टेन सविना श्रेष्ठ र कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई सम्मान गरेको छ । उनीहरूलाई जनही एक लाख ५० हजार रुपियाँबाट पुरस्कृत गरेको हो । समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उनीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।
२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेको थियो । काठमाडौँ देशकै पहिलो महानगरपकालिकाको रुपमा स्थापित भएको अवसरमा प्रत्येक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर