काठमाडौँ । काँग्रेसका संस्थापन इतर नेताहरू शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास भएको छ । सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।
शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।
नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्, जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् । पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै