यस्तो रहनेछ आजको मौसम

सफल खबर संवाददाता

शनिबार, २३ मंसिर २०८०, ०७ : १६
यस्तो रहनेछ आजको मौसम

काठमाडौं । आज कोशी प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी  र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी  र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी  र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस