१४ किलो सुन प्रकरण : मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १६ : २०
१४ किलो सुन प्रकरण : मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १४ किलो सुन छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन भएको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले जानकारी दिए ।

 

उनका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगानासमेत रहेका छन् ।​

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट गएराति ११ः४० बजे काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो ।चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस