पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो ।
पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको सरकार नभएको टिप्पणी गरेका छन् ।
हेमजाको मिलनचोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘देशमा सरकार छ जस्तो पनि छ, छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको छ, झण्डा हल्लाएको छ । छ भन्ने हो भने जनताको काम गरेको छैन ।’
यस्तो अवस्थामा आफ्नो पार्टी एमाले सधैं चुप लागेर नबस्ने बताए । एमाले बाहेक अरुले यो देश बनाउन सक्दैन भन्ने कुरा एमालेको एक्लै सरकार हुँदा हेमजाको भाइरल रोड पनि बनायो, यस्ता रोड कति बनाउँछ, कति ।’
उनले आफू प्रधानमन्त्री हुनुअघि वर्षमा १० किलोमिटर सडक पिच हुने गरेकोमा आफू प्रधानमन्त्री भएपछि दिनमै १० किलोमिटरका दरले पिच गर्न थालेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी