काठमााडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरिएको हो ।
१. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।
सदस्य: श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार
सदस्य: श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय
सदस्य: श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सदस्य: श्री सुजनकुमार काफ्ले, अध्यक्ष– आइसीएयन
२. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने ।
३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक