काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक भएको बताएका छन्।
यो फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा न्याय प्रणाली सशक्त रूपमा उभिएको उनको भनाइ छ।
नियम कानुन मात्र होइन नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक भएको उनले बताएका छन्।
उनले भनेका छन्, ‘सबैले आ-आफ्नो ठाउँबाट सत्प्रयास गरौँ-अरू नवराजहरूले सम्मानित जीवनसँगै न्याय पाउन सकुन्। यो नै समुन्नत नेपालको महत्त्वपूर्ण आधार हुनेछ।’
सो घटनामा मङ्गलवार न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’: गगन थापा
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
‘आइटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ’: गगन थापा
आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो : गगन थापा
सत्ता गठबन्धनको बैठकमा गगन थापा गएनन्
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा