काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक भएको बताएका छन्।
यो फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा न्याय प्रणाली सशक्त रूपमा उभिएको उनको भनाइ छ।
नियम कानुन मात्र होइन नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक भएको उनले बताएका छन्।
उनले भनेका छन्, ‘सबैले आ-आफ्नो ठाउँबाट सत्प्रयास गरौँ-अरू नवराजहरूले सम्मानित जीवनसँगै न्याय पाउन सकुन्। यो नै समुन्नत नेपालको महत्त्वपूर्ण आधार हुनेछ।’
सो घटनामा मङ्गलवार न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’