राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, १२ : ५२
राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौं । राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर प्रेमी अविरल लामासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

भक्तपुर निवासी लामासँग मगरले धुलिखेलमा विवाह गरेकी हुन् । लामो समययता उनीहरू प्रेम सम्बन्धमा थिए।

यू–१९ उमेर समूहको कप्तानी गरेकी मगर हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् ।

प्रतिक्रिया दिनुहोस