नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

सफल खबर संवाददाता

शनिबार, १६ मंसिर २०८०, १२ : १०
नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

नवलपरासी। पूर्वी नवलपरासीमा प्रहरीले ५४ बोरा चिनी बरामद भएको छ। प्रहरीले शुक्रबार लुकाएर राखिएको २७ क्वीन्टल चिनी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जानकारी दिए।

उनका अनुसार बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।