तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकु जेट, मिल एमआई–२८ लडाकु हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकु विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ मंसिर २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण