काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, १४ : ५७
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । देउवा निवास धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

यस्तै महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ । पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दैछ । यस्तै व्यवस्थामाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस